Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 

लेख रचना उपलब्ध गराउनेबारेको सूचना_२०७७-०५-०५

Avatar

नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

राष्ट्रिय अभिलेखालय

रामशाह पथ, काठमाडौं ।

 

लेख रचना उपलब्ध गराउनेबारेको सूचना

प्रथमपटक प्रकाशित सूचना मिति ः २०७७।०५।०५

यस राष्ट्रिय अभिलेखालयको चालू आ.व. ०७७।०७८ को स्वीकृत वार्षिक कार्यक्रममा  ‘अभिलेख’पत्रिका प्रकाशित गर्ने कार्यक्रम रहेको छ । नेपालभित्र रहेका अभिलेखहरू (१) हस्तलिखित ग्रन्थ (२) लालमोहर, स्यामोहर, ऐतिहासिक चिठीपत्र (३) शिलालेख तथा ताम्रपत्रहरू (४) अन्य अभिलेख लगायत अभिलेखालय र अभिलेख संरक्षण, माइक्रोफिल्म वा डिजिटल ब्यवस्थापनसँग सम्वन्धित विषयहरूमा अनुसन्धानात्मक लेखहरू इमेल mail@narchives.gov.np वा manita_neupane@yahoo.com मा Softcopy यस कार्यालयबाट सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि यस कार्यालयको सम्पर्क नं. ०१–४२००८५६, ०१–४२००८४८ वा ०१–४२००८४६ बाट प्राप्त गर्न सकिनेछ । लेख रचना छनोटका आधारहरू ः

क) नेपालभित्र रहेका अभिलेखहरू हस्तलिखित ग्रन्थ, लालमोहर, शिलालेख, ऐतिहासिक चिठीपत्र, ताम्रपत्र, ताडपत्रमा लेखिएका सामग्रीहरुमा केन्द्रित भई अनुसन्धानात्मक लेख हुनुपर्नेछ ।

ख) लेख अन्य कुनैपनि माध्यमबाट यस अघि प्रकाशित नभएको तथा मौलिक हुनुपर्नेछ ।

ग) खोज, अनुसन्धानमूलक तथा विश्लेषणात्मक लेख रचनालाई प्राथमिकता दिइनेछ ।

घ) अंग्रेजी वा नेपाली भाषामा लेख रचना लेख्न सकिनेछ ।

ङ) भाषाशैली शुद्ध र उत्कृष्ट हुनुपर्नेछ ।

च) नेपाली लेख प्रीति फन्ट १६ मा ३००० देखि ५००० शब्दमा हुनुपर्नेछ साथै अंग्रेजी लेख Times New Roman को  फन्ट १४ मा ३००० देखि ५००० शब्दको हुनुपर्नेछ ।

छ) छनोट भएका लेख रचनाको पारिश्रमिक रकम यस कार्यालयको निर्णयानुसार उपलब्ध गराइनेछ ।

ज) लेख उपलब्ध गराउँदा लेखसँग सम्बन्धित चित्र, लिप्यन्तर समेत संलग्न गर्न सकिनेछ ।

झ) लेखकको परिचय र सम्पर्क नं. समेत उपलब्ध गराउनुपर्नेछ ।

ञ) लेख रचनाको APA Format मा सन्दर्भ सामग्री सूची भएको हुनुपर्नेछ ।


Attached Documents

Name Download