तार्केश्वर फुटुङ्गमा फेला परेको लिच्छविकालको अभिलेख
काठमाडौं शहरदेखि १ कोश टाढा उत्तर दिशामा तार्केश्वर नगरपालिका पदर्छ । यो नगरपालिका वडा नं ७ फुटुंङ्ग नागपोखरी, प्रशिद्ध मनमैजु देवीको मन्दिर देखि करिव ३०० मिटर उत्तर पश्चिम दिशामा पर्दछ । सो ठाउंमा अण्डर ग्राउण्ड पानी ट्यांकी बनाउन जमिन खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको र भेटिएको भोलि पल्टै चकनाचूर हुने गरि तोडफोड गरिएको भनी सुन्नमा आएको छ ।
मिति २०७९ चैत्र १६ गते, खोज अनलाइनमा समाचार सम्पे्रषण गरिएको देखिए पछि चैत्र १८ गते शनिवार दिउंसो अवलोकनार्थ त्यहाँ पुरातत्वविद् प्रकाश दर्नाल, अनुसन्धानकर्ता कूलनाथ केसी र लिपिविदको हैसियतले म श्यामसुन्दर राजवंशी समेत आफै पुग्दा केही दिन अघि नै उक्त अभिलेख फुटाइसकेको भनी थाहा पाइयो । त्यहाँ मिल्काइएका ढुंगाका टुक्रामध्ये अक्षर भएका केही टुक्राहरु देखिए पछि ती मध्ये केही टुक्राहरु खोजी अलग्ग राखियो । केही घण्टा पछि पुरातत्व विभागका प्रतिनिधि पनि त्यहाँ पुगे पछि उहाँको पहलबाट ती छुट्याइएका टुक्राहरुलाई राष्ट्रिय संग्रहालय छाउनीमा लगेर राखिएको छ । ती टुक्राहरु हेर्दा कुनैमा रविगुप्तको नाम अंकित देखिए पछि राजा वसन्तदेवको पालाको अभिलेख हो भन्ने सम्म ठम्याउन सकियो । खोज अनलाइनमा राखिएको फोटोमा फुटाइनु भन्दा अघिको फोटो त छन् तर त्यसबाट पढ्न सकिने स्थिति थिएन । त्यहाँ सोधपूछ गर्दा फुटाइनु भन्दा अघि खिचेका फोटो कसैकसैसंग हुनुपर्ने हो । भेटिएमा राष्ट्रिय अभिलेखालयलाई उपलव्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरियो । त्यसको केही दिन पछि मोवाइलबाट खिचेको फोटो स्थानीय भद्रभलादमीले राष्ट्रिय अभिलेखालयलाई उपलव्ध गराएका रहेछन् । राष्ट्रिय अभिलेखालयबाट प्राप्त उक्त मोवाइलबाट खिचेको स्थीर फोटो र मुभि फोटोको आधारमा पूर्णपाठ पढ्न कोशिस भएको हो ।
यस अभिलेखको विवरण निम्न अनुसार रहेको छ ।
१) संवत् ४३३ प्रथमाषाढे (शुक्ल दिव)
२) १२ अस्मिन्नहनि वप्प भट्टारक महा
३) राज(बप्पपा) दानुध्र्यातेन भट्टारक महाराज श्री—
४) मही (देव) देवे नेवाक्षयं कालं समाज्ञाप
५) यता दक्षिण राजकूलाधिन्नायक सव्र्वदण्ड
६) नायक महाप्रतिहार रविगुप्ते व्यवहरति (मृदां )
७) ग्रामकाः पञ्चग्राम तले ह्मस्प्रिङ्ग्राम तले च समान्य
८) यत्कम्र्म तदुभय तलेपि कृतवन्तः तदतैः श्री पादा(१)
९) समाराधिताः +श्री पादौ(श्चा)राधितैरेतेषामुभय तल सम्प
१०) द्धंकम्र्माकरणाय प्रसादः कृतः तदे तेषामद्याग्रेण
११) नकिञ्चिदुभय(१,२))पि कम्र्मविद्यत इति(ह्य ?)
१२) दूतकोत्र सव्र्वदण्डनायक महाप्रतिहार रविगुप्ता
१३) + क्षेत्रञ्च दत्तमेतावन्ति प्रतिमुक्ता निवस्थलि य
१४) था मन्दुरगृहकम्र्म फल(कू?) दौवारिक कम्र्म(द्भूय?)(वली)
१५) युद्ध— राजकुल प्राकार कम्र्महस्ति मृतकौङ्घनाकर्षण
१६) संक्रफकरण धावकुटा (१) शंशिंन्दुंमाग्र्गकरण
१७) मुक्त्वा श्री पादीयानत्त्रिकां स(व्र्वदण्ड) नायक महा सा(मन्त?)
१८) (१ )पादीयाञ्चिति + भूय (१,२,३)मृद्रांग्रामका(१,२)
१९) (भ)ट्टारक महाराज श्री पादानुध्याते (भट्टार)क महाराज श्रीवसन्तदेव
२०) देवे नेवामितं कालं समाज्ञापयति( सव्र्वद)ण्डनायक महाप्रतिहार
२१) (र)विगुप्त विज्ञाप्त नैव शोल्ल लिंग्वल पश्चिमाधिकरणैञ्च(१,२)
२२) (१)य मात्र मुक्त्वा( र्ढरणे) (१,२,३,४,५)प्रसादः(१,२) तदतेषाम्(१,२)
२३) (१)यता(१,२,३,४,५,६) यश्चेमामाज्ञा मु(ल्लङ्घ्य स्मरयेत)
२४) (स्मारयेद्वातस्याहं यथोचित) मय्र्यादाबन्धमनु(ष्ठास्यामीति )
२५) (समाज्ञापन)दूतकोत्र सव्र्व दण्डनायक महाप्रतिहार रवि
२६) गुप्त.(इति)संवत् ४३५ द्वितीय पौषेशुक्ल दिव ( १२?)
भावार्थ
संवत् ४३३ प्रथम आषाढ शुक्ल १२ को दिनमा ।
यसमा बुवा भट्टारक महाराजको पाउको अनुग्रह पाएका भट्टारक महाराज श्री महीदेवबाट भएका घोषणाको आज्ञापालन गर्ने दक्षिणराजकूल(राजदरवार)का अधिनायक, सर्वदण्डनायक महाप्रतिहार रविगुप्त हुनुहुन्छ । यहाँ मृद्रांग्राम अन्तर्गत पञ्चग्राम तल र ह्मस्प्रिङ्ग्राम तलको लागि पहिले देखि चल्दै आएको व्यवहार चलनमा सामान्य तथा विशेष जे जस्तो काम कर्तव्यको जरुरत परेको हो हाम्रो पाउको अधिनमा रही हाम्रा चरणकमलका सेवक सर्वदण्ड नायक महाप्रतिहार रविगुप्तलाई आवश्यक अधिकार सुम्पिएको छ, उनले गर्ने सेवा प्रवाहमा अलिकति पनि कम नहुने गरी हाम्रो दूत बनेर त्यस ग्रामको व्यवस्था हेर्नुहुनेछ ।
बसोवास योग्य बस्ति बसाल्न मुआव्जा दिइ प्रशस्त भूमि खरिद गरियो र राजदरवार सुरक्षाका लागि पर्खाल घेर्ने र हात्ती घोडा आवतजावत गर्न मिल्ने बाटो घाटो बनाउन, युद्धकोवेला द्वारपालहरु अत्यन्त सतर्क रहुन् भनी सुरक्षाको काम कर्तव्यमा फलदायी प्रवन्ध गरिएको छ । सवैलेआआफ्नो पदीय मर्यादामा रही काम कर्तव्य पालना गर्न मृदांग्राम का निवासीहरुलाई वुवाको पाउको अनुग्रह पाएका महाराज श्री वसन्तदेवबाट शोल्ल लिंग्वल पश्चिमाधिकरणको अधिकार समेत सर्वदण्डनायक महाप्रतिहार रविगुप्तलाई सुम्पिएको व्यहोरा ज्ञात रहोस् भनी आज्ञा भएको छ । यसमा यथोचित मर्यादा कायम रहने छ भनी हाम्रा दूत सर्वदण्ड नायक महाप्रतिहार रविगुप्त सेवामा तत्पर हुनुहुनेछ ।
इति सम्वत् ४३५ द्वितीय पौष शुक्ल (१२?) दिनमा ।
श्यामसुन्दर राजवंशी
लिपिविज्ञ