Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
No Record Found

Avatar

राष्ट्रिय अभिलेखालय दिवस-२०७६ मनाइयो !

राष्ट्रिय महत्वका अभिलेखहरु रहेको यो कार्यालय नेपालको एक मात्र राष्ट्रिय अभिलेखालय हो । वि.सं.२०२४ असोज १७ मा राष्ट्रिय अभिलेखालयको स्थापना भएको वर्षलाई आधार मानेर राष्ट्रिय अभिलेखालय दिवस मनाउन थालिएको हो । सोही क्रममा यस बर्ष प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराइज्यूको प्रमुख आतिथ्यतामा विशेष अतिथि वाङमय शताब्दि पुरुष श्री सत्यमोहन जोशीज्यू, विशेष अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू, अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका श्रीमान सचिव केदार बहादुर अधिकारीज्यू, अतिथि पूर्व मन्त्री श्री ऋद्धिबाबा प्रधानज्यू तथा विभिन्न गन्यमान्य व्यक्तित्वहरुको गरिमामय समुपस्थितीमा मिति २०७६ साल असोज १७ गते राष्ट्रिय अभिलेखालयको ५२ औं स्थापना दिवस बडो खुसी र उल्लासका साथ सम्पन्न भएको छ ।

 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका श्रीमान सचिव केदार बहादुर अधिकारीज्यूको सभापतित्वमा सभाको औपचारिक आसन ग्रहण र राष्ट्रिय गानका साथ कार्यक्रमको सुभारम्भ भएको हो । उपस्थित सम्पूर्ण अतिथि गणलाई स्वागतार्थ स्वागत मन्तव्य यस कार्यालयका प्रमुख श्री सौभाग्य प्रधानाङ्गज्युले अभिव्यक्त गर्नु भयो । स्वागतको क्रममा राष्ट्रिय अभिलेखालयको जन्मको गम्भीर पृष्ठभूमी, यसले गरेका गौरवपूर्ण उपलव्धीहरु बारे प्रकाश पानुहुँर्दै यहाँ भएका महत्वपूर्ण संकलनहरुको बारेमा जानकारी दिनु भयो । 

समारोहको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराइज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । यस अवसरमा नेपाली भाषा, साहित्य तथा संस्कृतिका निधिद्वय विशेष अतिथि राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेज्यू र अर्का विशेष अतिथि वाङमय शताव्दी पुरुष श्री सत्यमोहन जोशीज्यूलाई सम्मान प्रदान गर्नुभयो । सभामा वाङमय शताव्दी पुरुष श्री सत्यमोहन जोशीज्यूले संबोधन गर्नु हुँदै देशको ऐतिहासिक, सन्धी, कानूनी, सरकारी दस्तावेजहरुको संकलन, संरक्षण र सुरक्षा गरेर बसेको राष्ट्रिय अभिलेखालयलाई अझै प्रभावकारी ढङ्गमा व्यवस्थापन गर्न निर्देशन दिनु हुँदै राष्ट्रिय अभिलेखालयको विकास र प्रबद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता अभिव्यक्त गर्दै राष्ट्रिय अभिलेखालयको जन्म जयन्तीको उपलक्ष्यमा सफलताको शुभकामना दिनुभयो । 

यस्तै यस कार्यालयबाट सेवानिवृत हुनुभएका राष्ट्रसेवक कर्मचारीहरु श्री राजेन्द्र प्रसाद न्यौपाने र निरु सुवेदीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका श्रीमान सचिव केदारबहादुर अधिकारीज्यूबाट प्रमाणपत्र दिई सम्मान गर्नु भयो भने यस कार्यालयमा आफ्नो संकलनमा रहेका अभिलेखकागजात डिजिटल सामाग्रीको रुपमा उपलब्ध गराई अभिलेखालयको भण्डारमा वृद्धि गराउनु भएका अभिलेखदाताहरु श्री साफल्य अमात्यज्यू, श्री शुशिल विक्रम थापा र श्री तिलोकमान आङबुहाङज्यूलाई पनि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराइज्यूबाट धन्यवाद पत्र दिई सम्मान गर्नु भयो । 

यस वर्ष राष्ट्रिय अभिलेखालय दिवसको उपलक्ष्यमा राष्ट्रिय अभिलेखालयबाट संपादित परातन्त्र र प्रथम लगत(भाग १) नामक २ वटा पुस्तकहरुको विमोचन एवं पुस्तक प्रदर्शनी, महत्वपूर्ण नक्सा तथा अभिलेखहरुको फोटो प्रदर्शनी गरिएको थियो ।