Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
No Record Found

Avatar

राष्ट्रिय अभिलेखालय दिवस असोज १७ गते मनाइन्छ। यो वर्ष राष्ट्रिय अभिलेखालय दिवसको उपलक्ष्यमा अभिलेख उतार प्रशिक्षण कार्यक्रम गरिएको थियो । सो कार्यक्र्ममा उक्त तालिममा संलग्न प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण तथा पुस्तक "निर्वाणतन्त्र" को विमोचन कार्यक्रम गरिएको थियो ।कार्यक्रममा नेपाल सरकारका सहसचिवहरु, पूर्वप्रशासकहरु, प्राध्यापक तथा विज्ञ, पूर्वकर्मचारीहरुको उपस्थिती रहेको थियो । अभिलेखालयका महानिर्देशक श्री सौभाग्य प्रधानाङ्गको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननिय मन्त्री श्री सुदन किराँतीले नेपाल र नेपालीको गौरव र पहिचानका साक्षीका रुपमा रहेका नेपालका महत्वपूर्ण एैतिहासिक दस्तावेजहरुको संकलन र संरक्षण सवै मिलेर गर्नुपर्ने भन्दै यसको यथोचित संरक्षण र स्तरोन्नतीको पक्षमा निरन्तर लाग्नुपर्ने धारण व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रममा, अभिलेख संरक्षण कार्यमा विशेष योगदान पु¥याए वापत सेवानिवृत्त रसायनविद् श्री गृहमानसिं तथा माइक्रोफिल्म विज्ञ श्री प्रचण्डदेन रञ्जितलाई सम्मान गरिएको थियो । कार्यक्रममा गत वर्ष सेवानिवृत्त हुनुभएका कर्मचारीरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसै गरि अभिलेखालयले अभिलेख तथा अभिलेखालय सम्बन्धी थप जानकारी दिनका लागि स्थापना गरेको “अभिलेख प्रदर्शनी कक्ष”  समेत सर्बसाधारणका लागि खुला गरिएको थियो ।