Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
No Record Found

Avatar

 काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २४ यट्खा टोल निवासि, स्व.मिर सुब्बा शेरमान जोशीका साईलो सुपुत्र गोविन्द मान जोशी द्वारा राष्ट्रिय अभिलेखालयलाई बिभिन्न प्रकारका १३३ (एक सय तेत्तिस) थान अभिलेखिय सामग्रीहरूको डिजिटाईज्ड कपि उपलब्ध गराउनु भएको छ। साविक केन्द्रीय तथ्याङ्क बिभागमा तथ्याङ्कशास्त्रीको रूपमा कार्यरत उहाँ त्यसपछि शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा अनुसन्धान अधिकृत हुदै अनुसन्धान टोली केन्द्र (Center for Research Teams) मा कार्यकारी निर्देशक भई “Development Atlas of Nepal” नामक पुस्तक पनि प्रकाशन गर्नु भएको थियो। अभिलेखलाई कालान्तर सम्म सुरक्षित तथा प्रयोग होस् भनि गरिएको यस महान कार्यका लागि राष्ट्रिय अभिलेखालय उहाँको उच्च कदर गर्दै स-धन्यबाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछ।