पाँचौ संविधान दिवस २०७७ को उपलक्ष्यमा राष्ट्रिय अभिलेखालयले वेबिनार मार्फत वि.सं २०७७ असोज २ गते देखि ४ गतेसम्म कार्यालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यूको अध्यक्षतामा राष्ट्रिय अभिलेखालयका कर्मचारीहरुको सहभागितामा तीन दिने अनलाइन अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईज्यूले सोही कार्यक्रम मार्फत संविधान दिवसको शुभकामना सन्देश दिनुभयो ।
कार्यक्रमको सुरुमा राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यूले नेपालमा संविधानको इतिहास र विकासक्रमको बारेमा प्रकाश पार्नुभयो । त्यसपछि माइक्रोफिल्म तथा विद्युतीय रेकर्ड ब्यवस्थापन शाखाका प्रमुख श्री कुमार श्रेष्ठज्यू, अभिलेख शाखा प्रमुख श्री निरण कुमार राजवंशीज्यू, हस्तलिखित उप–शाखाका अनुसन्धान अधिकृत मनिता न्यौपानेज्यू, अभिलेख उप–शाखाका अभिलेख अधिकृत रज्जु हाडाज्यू, आर्थिक प्रशासन शाखाका लेखा अधिकृत माधवी पौडेलज्यू, माइक्रोफिल्म तथा विद्युतीय रेकर्ड ब्यवस्थापन शाखाका माइक्रोफिल्मिष्ट ज्योति न्यौपानेज्यू, तिब्बति उपशाखाका तिब्बति भाषा सहायक कल्पना पराजुलीज्यू र रसायन उपशाखाका सहायक रसायनविद् सृजना भट्टराईज्यूले आ–आफ्नो शाखा तथा उपशाखा सम्बन्धी विस्तृत जानकारी सहितको कार्यपत्र प्रस्तुत गर्नु भयो ।
यसप्रकारको प्रस्तुतिले राष्ट्रिय अभिलेखालयको महत्व, कार्यक्षेत्र, कार्य विवरण जस्ता बिषयहरुमा जानकारी आदान–प्रदान हुनुकासाथै आगामी दिनहरुमा राष्ट्रिय अभिलेखालयले के–कस्तो भावी दिशातय गर्ने भन्ने विषयमा समेत छलफल गरियो । कोरोना माहामारीको वर्तमान परिस्थितिलाई मध्यनजर गरी यसरी भर्चुअल विधिबाट नियमित रुपमा कार्यक्रम संचालन गर्ने जानकारी सहित कार्यक्रम समापन गरियोे ।