Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal



Avatar

राष्ट्रिय अभिलेखालयले मिति २०७९ आषाढ १, २ र ३ गते  “अभिलेख व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी”को आयोजना गरिएको थियो । यस गोष्ठीमा हरेक मन्त्रालय, विभाग तथा अभिलेखसंग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरुलाई सहभागीताको लागि पत्राचार गरिएको थियो । तीन दिन आयोजना गरिएको यस कार्यशाखा गोष्ठीमा सहभागी प्रतिनिधिहरुलाई राष्ट्रिय अभिलेखालयका महानिर्देशक लगायत हरेक शाखाका शाखा अधिकृतहरुबाट राष्ट्रिय अभिलेखालयको परिचय, महत्व तथा यहाँको संकलनको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । यस कार्यशालामा  अभिलेखसंग सम्बन्धित विज्ञ एवं राष्ट्रिय अभिलेखालयका पूूर्व प्रमुख श्री भीमप्रसाद नेपालज्यूले “ नेपालमा अभिलेखसंग सम्बन्धित कानूनी ब्यवस्था ” र वरिष्ठ रसायनविद् श्री गृहमान सिंबाट “अभिलेखहरुको संरक्षण विधि” को बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।